साधना लघुवित्तको बाह्य लेखापरीक्षकमा एस.डि. एण्ड एसोसियट्स

१७ कार्तिक २०७८, बुधबार ११:५२

काठमाडौं । साघना लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा एस.डि. एण्ड एसोसिएट्सलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय उपर छलफल गरी अनामनगर स्थित एसोसियट्सलाई नियुक्त गरेको हो ।

साथै कम्पनीले पारिश्रमिक सम्बन्धमा वैधानिक लेखापरिक्षण, दफा ७८ प्रमाणित गर्ने लगायत अन्य सम्पूर्ण खर्च वापत एकमुष्ठ कर बाहेक ५ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्रदान गर्ने प्रस्ताव पारित गरेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*