महुली लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफा १२०% ले बृद्धि

१७ कार्तिक २०७८, बुधबार १२:१४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अुनसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

गत आवको सोही अवधिसम्म १० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस चालु आवको पहिलो त्रैमाससम्ममा ९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आवको तुलनामा चालु आवको खुद नाफा १२०.४८ प्रतिशतले बढी हो ।

साथै यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानीमा पनि बढाएको छ । चालु आवको यस अवधिमा कम्पनीले ७ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले यस्तो आम्दानी ४ करोड ५२ लाख कमाएको थियो ।

त्यस्तै, गत आवको सोही अवधिमा १ करोड २६ लाख ४४ हजार संचालन मुनाफा आर्जन गरेकोमा यस अवधिमा कम्पनीले २ करोड ३८ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको खुद ब्याज आम्दानी र संचालक मुनाफा बढ्दा खुद नाफा बढ्न पुगेको हो ।

साथै समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेकोमा जगेडा कोष २१ करोड २६ लाख ३९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४१.४५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ९५ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*