ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट

१७ कार्तिक २०७८, बुधबार १४:५४

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई बिगमार्टमा बिशेष छुट पाउने भएका छन् । नजिकिदै गएको तिहारलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरुको आवश्कतालाई मध्यनजर गर्दै बिग मार्टसँग सम्झौता गरेको हो ।

तिहारको अवसरलाई लक्षित गरी लक्ष्मी पूजाको दिन देखि भाइटिकासम्म बिगमार्टमा समान गरिद गर्दा छुट पाउने समझदारी भएको हो ।

बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट समान खरिद गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्मको छुट पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*