सूर्या लाइफद्वारा पोखरामा भव्य बार्षिक सम्मान कार्यक्रम, एजेन्सी म्यानेजरदेखि कर्मचारीसम्म सम्मानित

१७ कार्तिक २०७८, बुधबार १५:५०

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता÷एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरास्थित माउन्टेन ग्लोरी फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका प्रमुख, विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई बिशेष तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालकसमेत रहेका विवेक झाले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए । नेपाली बीमा क्षेत्रका प्रख्यात झाको प्रशिक्षणसँगै बीमा अभिकर्ताहरुमा थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खडकाले मानव संशाधनतत्व अर्थात जनशक्ति कुनै पनि ब्यवसायको मेरुदण्ड रहेकोले विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्व–अध्ययन र बिशेष तयारीका साथ आफ्ना मातहतका कर्मचारी तथा अभिकर्ताहरुलाई नियमित रुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको प्रष्ट्याएका थिए ।

कार्यक्रमको दोश्रो दिनकम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले पानसमा दियो बाली बिशेष सम्मान कार्यक्रमको उदघाटन गरी उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्ता एजेन्सी म्यानेजर तथा कर्मचारीहरुलाई सम्मानित गरियो थियो ।

उक्त कार्यक्रममा आ.ब. २०७७÷०७८ का उत्कृष्ट २५ अभिकर्ता, उत्कृष्ट २५ एजेन्सी म्यानेजर र २०२०/२०२१ का लागि एमडिआरटी बन्न सफल अभिकर्ताहरुलाई बिशेष सम्मान गरिएको कम्पनीले जनाएको छ । सोही अवसरमा बिभिन्न बिधामा उत्कृष्टता हासिल गरेका शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*