कृषि विकास बैंकका सिईओ उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित

१७ कार्तिक २०७८, बुधबार २२:०८

काठमाडौं । कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार मनोनयन दर्ता गरेका उपाध्याय आज अपरान्ह २ बजे मनोनयन गर्ने समय सकिएसँगै निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, संघको सदस्यमा एनआईसी एसिया बैंकका सिईओ रोशन न्यौपाने र लक्ष्मी बैंकका सिईओ अजयविक्रम शाहको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

संघका ३५ औं बार्षिक साधारणसभा यही कात्तिक २३ गते हुँदैछ । संघको उपाध्यक्ष तथा अन्य सदस्यहरुको चयन हुन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*