ग्लोबल आइएमई लघुवित्तको नाफा उत्कृष्ट, अधिकांश सुचकहरु सकारात्मक

१८ कार्तिक २०७८, बिहीबार ११:४६

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको मुनाफामा उल्लेख्य मात्रामा बृद्धि भएको छ । सो कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीाय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा उत्कृष्टता प्रदर्शन गरेको हो ।

गत आर्थिक बर्षको प्रथम त्रैमासमा एक करोड ८४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ५ करोड ५३ लाख ३४ हजार रुपैयाँकमाउन सफल भएको हो । समीक्षा अवधीमा कम्पनीले आफ्नो मुनाफा २००.१२ प्रतिशतले बढाउन सफल भएको छ ।

साथै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १०१.७७ प्रतिशतले बढेर १४ करोड ५१ लाख ५७हजार रुपैयाँ पुगेको छ । गतआर्थिक बर्षमा कम्पनीको आम्दानी ७ करोड १९ लाख ४३ हजार रुपैयाँमा थियो ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीको संञ्चालन नाफा १३.४० प्रतिशतले बढेर ३ करोड ३१ लाख ८७हजार रुपैया ँपुगेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ५१ रुपैयाँ २१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ७३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*