१४ प्रतिशत लाभांश पारितका लागि माछापुच्छ्रे बैकले वार्षिक साधारण सभा कार्तिक २६ गते हुने

१८ कार्तिक २०७८, बिहीबार ११:५४

काठमाडौं । माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारण सभा यही कार्तिक २६ गते पोखरामा हुँदैछ । सभापोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ बजे भर्चुअल रुपमा बस्ने गरी साधारणसभाको तयारी गरिएको छ ।

उक्त सभाले संचालक समितिले निर्णय गरे बमोजिम कम्पनीलेको हाल कायम रहेको चुक्ता पूँजीबाट १३.३० प्रतिशतबोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कात्तिक ७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*