नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ बैंक लगानी दिन नसक्ने अवस्था, कुनको अवस्था कति? (तथ्याङ्क सहित)

१९ कार्तिक २०७८, शुक्रबार १३:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक सहित ८ वाणिज्य बैंकहरु कर्जा लगानी गर्ने नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ । तर, ८ वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमा नाघेको छ । राष्ट्र बैंकले कर्जा–निक्षेप (सीडी) अनुपातको व्यवस्था गरेपछि यी ८ वटा वाणिज्य बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका हुन् ।

सीडी रेसियो बढी हुने बैंकहरूमा सबैभन्दा अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक छ । पहिलो त्रैमासको अवधिसम्ममा बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेर पनि ९५ दशमलव ३७ प्रतिशत पुगेको छ । यी बैंकहरु थप कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका हुन् । यस्तै, एनसीसी बैंक पनि ८९ दशमलव प्रतिशतको सीडी रेसियोमा पुगिसकेको छ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजी कर्जा निक्षप अनुपात (सीसीडी) रेसियो खारेज गरेर कर्जा निक्षेप ¬सीडी) रेसियो लागू गरेपछि बैंकहरूको कर्जा लगानी गर्ने क्षमता बढ्ने विश्वास लिइएको थियो ।

अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको अभ्यास भन्दै राष्ट्र बैंकले सीडी रेसियोकको व्यवस्था ल्याएको थियो । तर, सीडी रेसियोको व्यवस्थाकै कारण बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् भने अहिले बैंकिङ प्रणालीमा तरलताकमो पनि समस्या देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*