१६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसको कति ?

२१ कार्तिक २०७८, आईतवार १२:०५

काठमाडौं । तिहार अगाडि नै दुई दर्जन बैंकले लाभांश घोषणा गरेका छन् । हालसम्म १६ वाणिज्य बैंकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन् ।वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर सहित ३८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले हिमालयनले २१.३८ प्रतिशत बोनस शेयरसहित २६ प्रतिशत लाभांश दिने भएको हो ।२० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वाणिज्य बैंक नबिल र हिमालयन मात्र हुन् ।
सानिमा, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेण्ट, एनएमबी, एनआईसी एशिया, नेपाल बंगलादेश र सिद्धार्थ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम लाभांश कुमारी बैंकले घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*