रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने

२१ कार्तिक २०७८, आईतवार १२:४०

काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आपसमा मर्ज हुने भएका छन्।दुवै हाइड्रोपावरले गत कात्तिक १७ गते आपसमा गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

मर्जर प्रक्रिया सुरु भएसँगै रैराङ हाइड्रोपावरले नेप्सेमा पत्र पठाउँदै आफ्नो कम्पनीको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का राख्न अनुरोध गरेको छ। गरेको छ । आग्रह दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि अस्थायी रुपमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिन रैराङ हाइड्रोपावरले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*