राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

२१ कार्तिक २०७८, आईतवार १२:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भोलि सोमबार बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ ।

यो ट्रेजरी बिल भोलि कार्तिक २२ गते, सोमबार दिउँसो २ बजे बोलकबोल भएर पर्सी कार्तिक २३ गते, मंगलबार बिक्री हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*