रैराङ हाइड्रोपावरको आजदेखि शेयर कारोबार रोक्का, यस्तो छ कारण

२२ कार्तिक २०७८, सोमबार ०८:१८

काठमाडौं । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ ।

दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी बमोजिम दुवै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको समेत कम्पनीले जानकारी दिएको छ ।दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि अस्थायी रुपमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिन रैराङ हाइड्रोपावरले आग्रह गरेको छ।

One thought on “रैराङ हाइड्रोपावरको आजदेखि शेयर कारोबार रोक्का, यस्तो छ कारण

  1. Sheru says:

    What can i do,i bough RRHP share last wednesday.how long i need to hold it?how long time does it take to merger process?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*