एनआइसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

२२ कार्तिक २०७८, सोमबार १०:३७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २३ गते) बुकक्लोज गर्दैछ । जसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५.४१ प्रतिशतका दरले हुन आउने ९ करोड ४१ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा मंसिर ५ गते आइतबार धरान ब्यांक्वेट, धरान–१३, सुनसरीमा हुने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*