घलेम्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२२ कार्तिक २०७८, सोमबार ११:०९

काठमाडौं । घलेम्दी हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नोक्सान घटेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैैमाससम्मको अवधिलाई हेर्दा कम्पनीको बिद्युत बिक्री नोक्सान २ करोड १७ लाख रुपैयाँ रहेको थियो । जुन गत बर्ष सोही अवधिमा ३ करोड २ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै गत बर्ष ६८ लाख २६ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले पहिलो त्रैमाससम्ममा भने १६४.१२ प्रतिशतले बढाएर १ करोड ८० लाख रुपैयाँ पुराएको छ ।
त्यस्तै, हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैया रहेको छ भने रिजर्भ कोष ६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा नोक्सान र प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ ७३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*