मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरको बोलकबोलमा आवेदन दिने आज अन्तिम दिन

२३ कार्तिक २०७८, मंगलवार १०:११

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा बोलकबोल यही कार्तिक २५ गते हुँदैछ । कम्पनीले कात्तिक १२ गतेदेखी संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय ५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलकबोेल गर्नुपर्नेछ । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य ब्यक्ति तथा संघ संस्थाले कात्तिक २३ गतेसम्म अर्थात आजसम्ममा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गरी बोलपत्र पेश गर्नुुपर्नेछ ।

आज कार्यालय समयसम्म प्राप्त बोलपत्र कात्तिक २५ गते बिहान १० बजे कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*