सनराइज बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२३ कार्तिक २०७८, मंगलवार १०:५७

काठमाडौंं । सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहकरुलाई ७ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

कात्तिक २२ गते बसेको ३८१ औं संचालक समितिको बैंठकले हाल कायम चुक्तापूँजीको ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँको आधारमा बोनस शेयर ६.६५ प्रतिशत र नगद लाभांश शून्य दशमलव ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भइ आगामी साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*