जनउत्थान सामुदायिक लघुवित्तको बोनश शेयर शेयरधनीको डिम्याट खातामा

२३ कार्तिक २०७८, मंगलवार ११:३५

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ ।

कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित गरिएको ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । उक्त बोनश शेयर कात्तिक १७ गते देखी नै डिम्याट खातामा पठाएकोे कम्पनीले जनाएको छ ।

साथै भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले संस्थाको शेयर अभौतिकिकरण भए पश्चात स्वतः शेयरधनीको खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*