स्वरोजगार लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफा ४ करोड ८० लाख रुपैयाँ पुग्यो

२३ कार्तिक २०७८, मंगलवार १२:३०

काठमाडौं । स्वरोजगारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा वृद्धि भएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३९.११ प्रतिशतले बढेर ४ करोड ८० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ३ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा आकर्षक वृद्धि भएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२९.११ प्रतिशतले बढेर १० करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्म कम्पनीको संञ्चालन नाफा ६ करोड ८२ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको सोही अवधिमा १४ करोड ४१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

त्यस्तै, कम्पनीको हाल चुक्तापूँजी ४१ करोड १२ लाख रुपैंया रहेको छ भने प्रतिशेयर आम्दानी वार्षिक ४६ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*