मेगा क्यापिटलको ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजनामा सहभागीले ९.७५ प्रतिफल पाउने

२३ कार्तिक २०७८, मंगलवार १३:००

काडमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना ल्याएको छ । नयाँ तथा पुराना शेयर लगानीकर्ताहरुका लागि क्यापिटलले उक्त योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत सहभागी हुने लगानीकर्ताले पूँजी बजार घटे पनि बढे पनि ९.७५ प्रतिशत प्रतिफल पाउने मेगा क्यापिटलले जनाएको छ । साथै क्यापिटलका अनुसार यस योजनामा न्यूनतम ३ लाख रुपैयाँदेखि सहभागी हुन सकिनेछ ।

यस योजनाअनुसार लगानीकर्ता र क्यापिटल न्युनतम ३ महिनादेखि १ वर्षसम्म सहकार्य गरी लगानीकर्ताले शेयर वा नगद नै दिएर यस योजनामा सहभागी हुन पाउनेछन् । कात्तिक ३० गतेसम्म मात्र यस योजनामा सहभागी हुनेले मात्र उक्त प्रतिशत प्रतिफल पाउने क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*