सहुलियतपूर्ण आवास कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच सम्झौता

२३ कार्तिक २०७८, मंगलवार १३:११

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल कर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सैनिक सेवामा न्यूनतम १० बर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकको आधार दरमा न्यूनतम प्रिमियम लिई कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३।३२ प्रतिशतमा घर खरिद वा निर्माण गर्ने अधिकतम १५ बर्षसम्मको लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिनेछ ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, राष्ट्रिय बीमा संस्थानका कोष प्रशासक कविप्रसाद पाठक लगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*