हाइड्रोपावर र बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२३ कार्तिक २०७८, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज उच्च ७९ अंकले गिरावट आउँदा कारोबार ६ अर्बमाथि सिमित भएको छ । आज सर्वाधिक हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।

साथै साहज उर्जाको २५ करोड ७९ लाख, अपि पावर कम्पनीको २२ करोड ३८ लाख, नेशनल हाइड्रोपावरको २० करोड ९४ लाख, र प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*