नेप्से ७९ अंकले घट्दा ६ अर्बमाथिको कारोबार, सबै उपसूचक राताम्य

२३ कार्तिक २०७८, मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २७४९.८५ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २ दशमलव ८२ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेको १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक प्रतिशतका आधारमा वित्त समूहमा र रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा घटेको हो ।

आज सर्वाधिक हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको आज एकैदिन २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँको कारोबार भएको छ । साथै तेह्रथुम पावर, साहज उर्जा र मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*