प्रभु बैंकको लाभांश बढ्यो, कति दिदैछ बोनस ?

२३ कार्तिक २०७८, मंगलवार १७:०३

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ६३ प्रतिशत गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले बढि लाभांश हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*