आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक

२४ कार्तिक २०७८, बुधबार ०६:५९

काठमाडौं । उपकार लघुवित्तले पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २ करोड २६ लाख ७७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू। ४१ लाख ३५ हजारमा घटेको हो ।

पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा घट्न पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू।४ करोड ९ लाख ३८ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडामा १३ करोड १३ लाख रुपैयाँ सञ्चित गरेको छ । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा पनि रहेको छ । जसका लाािग लघुवित्तले् बोर्डमा आवेदन दिईसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*