हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभाको आज हुदै,

२४ कार्तिक २०७८, बुधबार ११:०९

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीको दुई आर्थिक बर्षको वार्षिक साधारण सभा आज (कात्तिक २४ गते ) हुदै छ । कम्पनीले दुई अािर्थक वर्ष २०७६।०७७ र २०७७।०७८ को २० औं र २१ औं सभा सिद्धार्थ कटेज एण्ड बारको सभाकक्ष तिनकुुुनेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुदैछ ।

उक्त सभाले अघिल्लो आर्थिक बर्ष र गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । साथै चालु आर्थिक बर्षका लागि लेखापरीक्षककको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*