नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको उम्मेदवारी, भोलि अन्तिम दिन थप उम्मेदवारी पर्ने

२४ कार्तिक २०७८, बुधबार १६:०५

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले गठन गरेको अध्यक्ष छनौट समितिमा हिजो साँझसम्म तीन जनाको आवेदन परेको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार पहिलो नम्वरमा चितवनका अनिल पौडेल, दोस्रो नम्वरमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र तेस्रो नम्वरमा बोर्डकै उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दर्ता गराएका छन् ।

धितोपत्र बोर्डमा अध्यक्ष बन्न इच्छुक योग्यता पुगेका व्यक्तिहरुले भोलिसम्म अर्थमन्त्रालयमा पुगेर समिति समक्ष आवेदन दिन पाउनेछन् । भोलि अन्तिम दिन थप व्यक्तिहरुले उम्मेदवारी दर्ता गर्ने तयाी गरिरहेका छन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको नेतृत्वमा अध्यक्ष छनौट समिति गठन गरेको छ । अध्यक्ष छनौट समिति आफै विवादमा परेकोले स्वतन्त्र निर्णय गर्न नसक्ने भएकोले आफूले उम्मेदवारी नदिने निर्णय गरेको यसअघि अध्यक्षमा दावी गर्न गएका एक उम्मेदवारले बीमापोष्टलाई प्रतिक्रिया दिएका छन् । धितोपत्र बोर्डमा प्रधानमन्त्री पत्नी आरजु देउवाले चलखेल गरेर ठूलो रकम कमिशन लिई आफ्नो मानिस नियुक्त गर्न लागेको चर्चा बजारमा व्याप्त छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*