नबिल बैंक र सहज बीच प्रदेश नं १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता

२४ कार्तिक २०७८, बुधबार १८:१६

काठमाडौं । नबिल बैंक र सहज बीच प्रदेश नं १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

बैंकले स्विस कन्ट्याक्ट र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन परियोजना सहज बीच प्रदेश नं १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको र सोहीअनुसार बैंक र सहज बीच परियोजना तयार गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*