लक्ष्मी बैंकद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

२५ कार्तिक २०७८, बिहीबार १०:४१

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको आज कात्तिक २५ गते बसेको संचालक समितिको २४९ औं बैकठले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर ३.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*