लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा

२५ कार्तिक २०७८, बिहीबार ११:०९

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लिलामीमा ल्याएको । बैंकले संस्थापक समूह तर्फको ४६ हजार १०९ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । यस अघि विद्यमान संस्थापकहरुका लागि बिक्री खुल्ला गरेको शेयरमा कुनै पनि आवेदन नपरेका पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य जो कोही ब्यक्ति तथा संघ सस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको मूख्य कार्यालय डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*