नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं साधारण सभा मंसिर १७ गते, यस्ता छन् एजेण्डा

२५ कार्तिक २०७८, बिहीबार ११:३२

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बिहान १० बजे गर्ने भएको हो ।

कम्पनीको कात्तिक २३ गते बसको संचालक समितिको ५५६ औं बैठकको निर्णयले सभा उक्त मिति, स्थान र समयमा गर्ने निर्णय गरेको हो ।
सभाले कायम चुक्तापूँजीको १२.६११ प्रतिशत बोनस शेयर जारी गरी चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाका छनौट गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिशेयर ३.३८९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा।नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालहरुको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*