वोमी लघुवित्तको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

२५ कार्तिक २०७८, बिहीबार ११:३७

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अन्य सूचकमा पनि आकर्षक सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १९५.२७ प्रतिशतले बढेर ४ करोड ९१ हजार ७७ हजार रुपैयाँ पुगेको छ । जुन गत बर्ष सोही अवधिमा १ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा ६ करोड ६४ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७७ पैसाले बढेर ४७ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ०६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*