एसईई उत्तीर्णलाई इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२५ कार्तिक २०७८, बिहीबार १२:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

एक सूचना जारी गर्दै कम्पनीले अधिकृत श्रेणि अन्तर्गत व्यवस्थापन प्रशिक्षार्थी र सहायक श्रेणि अन्तर्गत कनिष्ठ सहायक (तालिमे) मा केही संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले अधिकृत श्रेणि अन्तर्गको पदमा स्नातक तह र सहायक श्रेणिअन्तर्गको पदका लागि एसईई, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको वेबसाइट  https://infinitylbsl.com.np/career/ मा गएर अनलाईन दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

 

One thought on “एसईई उत्तीर्णलाई इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*