प्रभु बैंकको शेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णय, कारण यस्तो

२५ कार्तिक २०७८, बिहीबार १२:२०

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले प्रभु बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ । प्रभु बैंकको शेयरमा इन्साईडर ट्रेडिङ भएको आशंकापछि कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

प्रभु बैंकले मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालक समिति वैठक बसी गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो निर्णयले शेयर बजारमा चलखेल गर्ने मौका दिएको र इन्साइडर ट्रेडिङ भएको हुनसक्ने भन्दै नेप्सेले कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

नेप्सेले आज प्रभु बैंकलाई शेयर कारोबार भइरहेको समयमा बैठक बस्नुको कारणबारे स्पष्टिकरण सोधेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*