सर्पोट लघुवित्त ६९.१५ प्रतिशत नोक्सानीमा, अन्य सूचक कस्तो ?

२५ कार्तिक २०७८, बिहीबार १२:४६

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण कम्पनीको नाफा गत बर्षको तुलनामा ६९.१५ प्रतिशतले घटेको छ ।

गत वर्ष कम्पनीले ४५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा १३ लाख ७७ हजार रुपैयाँमा सिमित भएको छ । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.९२ र सञ्चालन नाफा ६९.९६ प्रतिशतले घटेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४२ पैसाले घटेर ८ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ३५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*