बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूटको साधारण सभा मंसिर १७ गते

२५ कार्तिक २०७८, बिहीबार १३:५९

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेडले तेस्रो साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १७ गते होटल एलफ्ट ठमेल काठमाडौंमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो ।

आर्थिक बर्ष २०७७।०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षकको प्रतिवेदन सहितको गत आर्थिक बर्षको वासलात, बिस्तुत नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

साथै, आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*