महालक्ष्मी विकास बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२५ कार्तिक २०७८, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूच्क ५९ अंकले घट्दा कारोबार समेत घट्न पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँको कारोबार भएको छ ।

साथै नबिल बैंकको ३१ करोड ८ लाख, आइसिएफसि फाइनान्सको २९ करोड २२ लाख, अपि पावर कम्पनीको १४ करोड ७३ लाख र ज्योती विकास बैंकको १३ करोड ४४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*