वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घट्यो, तरलता अभाव थप चर्किदै

२५ कार्तिक २०७८, बिहीबार १७:३७

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन घट्ने क्रम जारी छ । एनबीएलले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ।
गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ९ अर्ब रुपैयाँले घटेको बैंकर्स एशोसिययनको तथ्याङ्कले देखाएको छ ।

उक्त तथ्याङ्क अनुसार कात्तिक महिना लागसँगै वाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्। गत असोज ३१ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*