२७ वटै बाणिज्य बैंकका सिईओहरुलाई अर्थ मन्त्रालय बोलाइयो, तरलता समस्याबारे छलफल हुने

२५ कार्तिक २०७८, बिहीबार २१:५६

काठमाडौं । नेपालमा सञ्चालित २७ वटै बाणिज्य बैंकका सिईओहरुलाई भोलि शुक्रबार अर्थमन्त्रालयमा बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा भइरहेको तरलता अभावबारेमा भोलि सबै बैंकका सिईओहरुसँग छलफल गर्न लागेको जनाइएको छ ।

बैंकहरुले तरलता अभावको मौका छोपेर अचाक्ली रुपमा ब्याजदर बृद्धि गर्ने तयारी गरेपछि अर्थमन्त्रीले तरलता समस्याबारे छलफल गर्न लागेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार भोलिको छलफलमा बैंकहरुले बढाउन सक्ने सम्भावित ब्याजदरका सम्बन्धमा समेत छलफल हुनेछ । सरकारले बाणिज्य बैंकहरुलाई तरलता समस्याको समाधान निकाल्ने विषयमा छलफल हुनेछ भने बैंकहरुको ब्याजदर बृद्धि रोक्ने सम्बन्धमा समेत छलफल हुने जनाइएको छ ।

पछिल्लो समय बैंकहरुमा तरलता अभाव भई अवस्था निकै भयावह बन्दै जाँदा आगामी महिनाबाट बैंकहरुले ब्याजदर बढाउने र त्यसको असर चौतर्फी रुपमा पर्न सक्ने भएकोले अर्र्थमन्त्रालयले समय अघि नै छलफल गरेर समस्याको समाधान निकाल्न खोजेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*