एचआइडिसिएलको हकप्रद शेयर नेप्सेमा सूचिकृत
२६ कार्तिक २०७८, शुक्रबार ०७:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को हकप्रद शेयर सूचिकृत भएको छ ।
कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो । सूचिकृतपश्चात उक्त शेयर आइतबारदेखि नै कारोबारमा आउनेछ ।