शेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन महालक्ष्मी विकास बैंकको आग्रह

२६ कार्तिक २०७८, शुक्रबार १०:५०

काठमाडौं । महालक्ष्मी विकास बैंकले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले यसअघिको साधारण सभाबाट पारित भई लिन बाँकी लाभांशहरु ५ वर्ष पुरानो बाँकी रहेको देखिएको भन्दै त्यस्तो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई यस्तो अनुरोध गरेको हो ।

बक्यौता लाभांश लिन बाँकी शेयर धनीहरुले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कम्पनीको रष्ट्रिार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा सम्र्पक गर्न भनेको छ ।

साथै, तोकिएको अवधिभित्र उक्त लाभांश नबुझेको खण्डमा लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*