पहिलो त्रैमासमा नाडेप लघुवित्तको नाफा ९४ लाख रुपैयाँ, अन्य सूचक कस्तो ?

२६ कार्तिक २०७८, शुक्रबार ११:४७

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो बर्ष भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा ७९.३८ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्षमा ४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको पहिला त्रैमाससम्ममा भने ९४ लाख ११ हजारमा सिमित हुनु परेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९.७७ प्रतिशतले कम १ करोड ४० लाख ५० हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २४.९० प्रतिशतले घटेर १० करोड २८ लाख ५४ हजारमा सिमित भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोष ३७ करोड ९८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिशेयर आम्दानी भने ३५ रुपैयाँ ८ पैसा घटेर ९ रुपैयाँ २९ पैसा पुगेको छ । डिप्रोक्स लघुवित्तले एकायर गर्ने सम्झौता भए पश्चात गत वर्षको पुस १७ गतेदेखी नाडेपको शेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*