प्रभु बैंक पेश गर्यो स्पष्टिकरण, शेयर कारोबार फुकुवा

२६ कार्तिक २०७८, शुक्रबार १३:३५

प्रभु बैंक लिमिटेडले नेप्सेलाई स्पष्टिकरण बुझाएको छ । बैंकले स्पष्टिकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार पनि फुकुवा गरेको छ ।बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

यसअघि बैंकको सञ्चालक समितिको बैठक कारोबार समयमा बसी लाभांश घोषणा गरेको हुनाले नेप्सेले सपष्टीकरण माग्दै कारोबार रोक्का गरेको थियो ।बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*