२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारण सभा आज

२७ कार्तिक २०७८, शनिबार ०७:०२

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा कात्तिक २७ गते आज हुदैछ । सभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

उक्त सभाले गत बषको मुनाफाबाट २५ प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु भएको गत वर्ष असोज २५ गतेपछि कारोबार भई कायम भएका नयाँ शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयमले तिर्नु पर्ने प्रस्ताव समेत अगाडि लैजाने छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचन गर्ने गर्नेछ ।

सभा प्रयोजन र लाभांश प्राप्तका लागि कम्पनीको कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हुदा कात्तिक ११ गते सम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*