उचालिदै हिमालयन डिष्टिलरीको मुनाफा, इपिएस ह्वात्तै घट्दा अन्यको अवस्था कस्तो ?

२८ कार्तिक २०७८, आईतवार १०:०१

काठमाडौं । हिमालयन डिष्टिलरीको मुनाफा चालु आवको तीन महिनामा झनै बढेको छ । कम्पनीले आज प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवको प्रथम त्रैमासमा १२.७० प्रतिशतले मुनाफा बृद्धि भएको हो ।

कूल ८६ करोड ७७ लाख २० हजार रुपैयाँ चुक्ता पुँजि भएको हिमालय डिष्टिलरीले चालु आवको तीन महिनामा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा १८ करोड ७४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आवमा आम्दानीमा भएको बृद्धिसँगै मुनाफा बढाएको हो ।

कम्पनीको बिक्रीबाट प्राप्त आम्दानी २६.९३ प्रतिशतले बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवको प्रथम तीन महिनामा ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद आम्दानी गरेको कम्पनीले यस आवमा एक अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँको बिक्री गरेको छ ।

कम्पनीको कोषको आकार पनि ५६.२७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको कोषमा एक अर्ब ३४ करोड ८१ लाख ७४ हजार रुपैयाँ संचित छ । कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ । कम्पनीले ४४ करोड ६८ लाख खुद आम्दानी गरेको छ ।

कम्पनीको खुद नाफा बढ पनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा सीमित हुन पुगेको छ । गत आवमा कम्पनीले कूल चुक्ता पुँजिको ५० प्रतिशत बोनस शेयर वितरण गरेका कारण चुक्ता पुँजि बढ्न जाँदा प्रतिशेयर आम्दानी घट्न पुगेको हो । गत आवको तुलनामा चालु आवमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेको छ ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.८३ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*