ङादी ग्रुप पावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

२८ कार्तिक २०७८, आईतवार ११:१५

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७।०७८ मा २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत कर सहित गरी कुल २१.५ प्रतिशत बोनस शेयर वितरण गरिसकेपश्चात् कायम हुन आउने चुक्तापूँजीको १ः२ अनुपातमा हकप्रदश निष्काशन गर्ने प्रस्ताव कम्पनीको आठौं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

सोही अनुसार हकप्रद शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*