पहिलो त्रैमासमा ग्रामिण विकास लघुवित्तको मुनाफा ९ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

२८ कार्तिक २०७८, आईतवार १२:३६

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ११८.८४ प्रतिशतले बढेर ९ करोड २० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४ करोड २० लाख रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९.४३ प्रतिशतले बढेर ३० करोड २० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ करोड २५ लाख रुपैयाँबाट बढाएर १३ करोड ५४ लाख रुपैयाँ पुराएको छ ।
असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३६ पैसाबाट बढेर ३७ रुपैयाँ ४८ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ६८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*