मनकामना स्मार्ट लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्कृष्ट सुधार

२८ कार्तिक २०७८, आईतवार १२:५५

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ७३.९७ प्रतिशतले बढेर ४७ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २७ लाख ८ हजार रुपैयाँमा सिमित भएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.३७ प्रतिशतले बढेर १ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी भने नोक्सानमा रहेको छ । असोज मसान्तसम्मको अवधिमा कम्पनीले ५० लाख १२ हजार रुपैयाँ संञ्चालन नोक्सानमा रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*