एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

२९ कार्तिक २०७८, सोमबार १०:५७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले उक्त शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि शेयर दाखिला खारेज बन्द (बुकक्लोज) असोज १ गते नै गरिएको हुँदा बुकक्लोजको दिन भन्दा अघिल्लो दिन कायम शेयरधनीहरुले मात्र १०ः३ को अनुपातमा उक्त हकप्रदन शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*