नेरुडे लघुवित्तको खुद नाफामा छलाङ, इपिएस पनि बढ्यो

२९ कार्तिक २०७८, सोमबार ११:५९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेरुडे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा छलाङ मारेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस अवधिमा कम्पनीले ३१६.३५ प्रतिशत बढीले खुद नाफा आर्जन गरेको छ ।

सोही प्रतिशत बढीले यस अवधिसम्ममा कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिसम्ममा कम्पनीले १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

साथै यस अवधिमा कम्पनीले संचालन नाफा र खुद ब्याज आम्दानी पनि बढ्न पुगेको छ । खुद ब्याज आम्दानी ६० प्रतिशतले बढेको छ भने संचालन मुनाफा ७८.६६ प्रतिशतले बढेको छ । संचालन मुनाफा र खुद ब्याज आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

त्यस्तै, कर्जा लगानी र निक्षेप संकलन क्रमशः ९.४० प्रतिशत र ४५.५९ प्रतिशतले बढेको छ । कम्पनीले असोज महिनामा फसेको ५ करोड २२ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । जसकारण कम्पनीले खुद नाफामा छलाङ मार्न सफल भएको हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३३ पैसाले बढेर ३८ रुपैयां ५२ पैसा पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ८७ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*