खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा विजय लघुवित्तको खुद नाफा ४३% ले बृद्धि

२९ कार्तिक २०७८, सोमबार १२:०३

काठमाडौं । विजय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३.३४ प्रतिशतले बढेर २ करोड ५२ लाख ९३ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको १ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३९.३४ प्रतिशतले बढेर ९ करोड १८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनी ३ करोड २१ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन गत वर्ष ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन नोक्सान रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*